२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । सरकार र जेन-जीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद परिवारका तर्फबाट सहिदका बुबा भोजराज थापा र प्रधानमन्त्री सुशीला कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे।
हस्ताक्षर गरिसकेपछि धन्यवाद दिने क्रममा प्रधानमन्त्री कार्कीले सुदन गुरुङ मेरो जेठो छोरोलाई पनि धन्यवाद दिन चाहन्छु भनेपछि हलमा तालीको फोहोरा बजेको थियो।
प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा अन्य जेन-जीहरूलाई पनि मेरो छोराछोरी भनेर सम्बोधन गरेकी थिइन्।
तर सुदनलाई भने नामै किटान गरेर मेरो जेठो छोरो भनेपछि तालीको फोहोरा बजेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij