Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट

कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट


  • 1.5K
    Shares

    कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट

    काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । 

    उनले न्युनतम विचार, कार्यक्रम, सिद्धान्त समेत नमिल्ने शक्तिहरुसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका छन्। १० औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको आधार तयार गरौँ’ भन्ने नारा विपरित कार्यहरु भएको उनको भनाई छ । 

    २०७९ को निर्वाचनमा संवैधानिक राजसंस्था बोकेर हिँड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग निर्वाचनको लागि गठबन्धन गरेर अवसरवादलाई अंगालो हालेको उनले बताएका छन्। सरकार निर्माणमा पनि न्युनतम सहमतिको आधार, कार्यक्रम, वैचारिक निकटतालाई समेत ध्यानमा नराखी राप्रपा, काँग्रेस, माओवादी, मधेसवादी, रास्वपा सबैसँग मिलेर बनाएको उल्लेख गरेका छन् ।

    सरकारमा जानको लागि जो कसैसँग मिल्ने प्रकारका प्रवृत्तिहरु कम्युनिष्ट आन्दोलनमा देखापरेको उनको भनाई छ । उनले यसलाई दक्षिणपन्थी अवसरवादको एउटा भद्दा उदाहरण भएको टिप्पणी गरेका छन् । 

    उनले भने, वैचारिक निकटनाको आधारमा सरकार निर्माण गर्ने कि वा राष्ट्रिय राजनितिमा देखापरेका मुख्य मुद्दाहरुलाई सम्बोधन गर्ने आधारभुत सहमतिको आधारमा सरकार निर्माण गर्ने कि ? त्यो कुनैपनि कुरामा हामीले ध्यान दिन सकेनौँ । कहिले राप्रपासँग, कहिले काँग्रेससँग, कहिले माओवादीसँग, कहिले मधेसवादी दलहरुसँग, कहिले रास्वपासंग अर्थात सरकारमा जानको लागी जो कसैसंग मिल्ने प्रकारका जुन प्रवृत्तिहरु हाम्रो आन्दोलनमा देखापरे, यो दक्षिणपन्थी अवसरवादको एउटा भद्दा उदाहरण यो । यसको हामीले गम्भिरतासाथ समिक्षा गर्नुपर्छ ।’  

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १४:२४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij