Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नाबालिकालाई बलात्कार गरेको आरोपमा एमाले नेता शिवशंकर पक्राउ

नाबालिकालाई बलात्कार गरेको आरोपमा एमाले नेता शिवशंकर पक्राउ


  • 890
    Shares

    नाबालिकालाई बलात्कार गरेको आरोपमा एमाले नेता शिवशंकर पक्राउ

    काठमाडौं । नाबालिकालाई बलात्कार आरोपमा प्रहरीले एमाले नेता शिवशंकर साहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ मंगलबार राति धनुषा ल्याइएको हो।

    प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी पाउनासाथ साह भारततर्फ फरार भएका थिए। 

    यसैगरी, नाबालिकाका मामा सञ्जय महासेठलाई पनि प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ। धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार महासेठले घटनालाई कानुनी दायरामा नलगी मिलाउने प्रयास गरेको र पीडित पक्षबाटै रकमसमेत लिएको आरोप छ।

    प्रहरीका अनुसार गत कार्तिक २२ गते जानकी चोकस्थित एक होटेलमा १३ वर्ष ४ महिनाकी नाबालिकालाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको थियो। सो घटनामा संलग्न अभियोगमा जनकपुरधाम उपमहानगरपालिका-१० का मनोजकुमार साहलाई यसअघि नै काठमाडौंबाट पक्राउ गरी धनुषा ल्याइसकिएको छ। मनोज साहको बयानका आधारमा हिरा साहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो, जसमा दुई जना अझै फरार छन्।

    प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरको नेतृत्वमा अनुसन्धान अघि बढाइएको छ।  

     

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १३:०३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij