Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न


  • 1.0K
    Shares

    लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

    काठमाडौं । लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको यो कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा केन्द्रित थियो ।

    कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदुतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गरे। कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षुहरू तथा लुम्बिनी विकास कोषका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

    सांस्कृतिक साँझमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ६ सदस्यीय टोलीले सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रश्तुत गरेको थियो । नेपाली ब्याण्ड ‘घुगु मुगु’ ले परम्परागत नेपाली संगीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । लुम्बिनीमा आयोजित यो तेस्रो संस्करणले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई सांस्कृतिक माध्यमबाट अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :मंसिर २३ २०८२ मंगलवार - ११:२८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij