Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

महिलाले आफ्नै घरमा आगो लगाइन्, कुर्सीमा बसेर आगो दन्किएको हेरिरहिन्

महिलाले आफ्नै घरमा आगो लगाइन्, कुर्सीमा बसेर आगो दन्किएको हेरिरहिन्


  • 10.6K
    Shares

    महिलाले आफ्नै घरमा आगो लगाइन्, कुर्सीमा बसेर आगो दन्किएको हेरिरहिन्
    images

    ‘आफ्नै घरमा आगो लगाएर तमासा हेर्ने’ भन्ने उखान नेपाली समाजमा प्रचलित छ । तर, एक महिलाले वास्तविकतामै यो उखानमा जस्तै काम गरेकी छिन् । ती महिलाले आफ्नो घरमा आगो लगाइन् । त्यसपछि उनले आँगनमा एउटा कुर्सी राखिन् अनि आफ्नो घर दन्किरहेको आँगनमा बसेर हेरिरहिन् । यो घटना अमेरिकामा भएको हो ।

    एनबीसी न्यूजको रिपोर्टअनुसार अमेरिकाको मेरिल्याण्डमा ती महिलाले आफ्नै घरमा आगो लगाइन् । त्यसपछि महिला आफ्नो घरअगाडि आँगनमा कुर्सीमा बसिन् र त्यहाँ बसेर आफ्नो घर जलिरहेको हेरिरहिन् । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । प्रत्यक्षदर्शीहरुले घर भित्रबाट जल्दै गरेको देखेका थिए । यो पूरै घटनालाई महिलाका एक छिमेकीले भिडियो रेकर्ड गरेका थिए ।

    प्रत्यक्षदर्शीका अनुसार घटनाभन्दा पहिले घरमा केही हलचल भएको थियो । त्यसपछि त्यहाँ महिला र पुरुषको झगडा भएको जस्तो चर्को आवाज सुनिएको थियो । त्यसपछि घरमा आगो लागेको थियो । घर जल्न लागेपछि महिला आँगनमा आएर कुर्सीमा बसेकी थिइन् । उनले कुर्सीमा बसेर किताब पढ्न थालेकी थिइन् । रिपोर्टका अनुसार यी महिला गेट मेटवली भएको बताइएको छ ।

    गेल मेटवलीविरुद्ध हत्याको प्रयास, आगजनी र कुटपिटको अभियोग लगाइएको छ । मेरिल्याण्ड अग्नि नियन्त्रण विभागले अहिले महिलाले यो काम किन गरिन् भन्ने अनुसन्धान गरिरहेको छ । प्रत्यक्षदर्शीका अनुसार आगो लाग्दा एक व्यक्ति घरको बेसमेन्टमा फसेका थिए । उनी रोएको आवाज सुनेपछि केही व्यक्तिहरुले उनलाई झ्यालबाट निकालेर बचाएका थिए । अहिले थप अनुसन्धान जारी छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १५:४७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij