Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एकतामात्रै गरेर हुँदैन, 'हाम्रो पार्टीमा भ्रष्टाचार गर्ने, घुस खाने छैनन्' भन्ने बनाउनुपर्छः नारायणकाजी श्रेष्ठ

एकतामात्रै गरेर हुँदैन, 'हाम्रो पार्टीमा भ्रष्टाचार गर्ने, घुस खाने छैनन्' भन्ने बनाउनुपर्छः नारायणकाजी श्रेष्ठ


  • 2.1K
    Shares

    एकतामात्रै गरेर हुँदैन, 'हाम्रो पार्टीमा भ्रष्टाचार गर्ने, घुस खाने छैनन्' भन्ने बनाउनुपर्छः नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताका लागि जति गर्नुपर्थ्यो त्यो गर्न नसकेकोमा आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

    शनिबार मधेश प्रदेशको जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हामीले जति गर्न सक्नुपर्थ्यो त्यति गर्न नसकेकोमा हामी जनताका सामु आत्मालोचना हुनुपर्छ,’ श्रेष्ठले भनेका छन् ।

    उनले मधेश पहाड र हिमालाई एकताबद्ध गराउन नसके पार्टी निर्माणमा अघि बढ्न नसक्ने जिकिर गरे ।

    ‘हामीले मधेश पहाड र हिमालाई एकताबद्ध गराउन सकेनौं भने, मधेशी जनतालाई अधिकार सम्पन्न र विकसित गर्न सकेनौं भने हामीले नेपालको राष्ट्रिय एकता, राष्ट्रिय एवं भौगोलिक विकासको रक्षा र नेपालाई सम्पन्न बनाउन सक्दैनौं,’ उनले भने ।

    कांग्रेस एमाले लगायत र मधेशवादी दलहरूले मधेशमा सत्ता सञ्चालन गर्न नसकेपछि आफूहरूले जिम्मा लिएको बताए ।

    भिजन निर्माण र वैचारिक, सैद्धान्तिक कुरामा आफूहरू प्रष्ट रहेको उनले बताए । उनले पार्टी एकतामात्रै गरेर नहुने बताउँदै सुदृढ बनाउनुपर्ने बताए ।

    ‘पार्टी एकतामात्रै गरेर हुँदैन, यो पार्टीलाई सुदृढ बनाउनपर्छ,’ उनले भने, ‘भ्रष्टाचार गर्ने, घुस खाने हाम्रो पार्टीमा छैनन् भन्ने बनाउनुपर्ने हुन्छ । विधि पद्धतिमा अनुशासित पार्टी बनाउनुपर्छ ।’

    भ्रष्टाचारीलाई पार्टीबाट हटाउन शुद्धिकरण अभियान चलाउनुपर्ने पनि उनको भनाइ थियो ।

    प्रकाशित मिति :मंसिर २० २०८२ शनिवार - १९:५२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij