२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षेत्रमा नयाँ नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । धनतेरसको दिन सामानहरु किन्ने र दीपदान गर्ने दिन अर्थात् धनतेरस पर्व साथै काग तिहार पनि हो । यस दिन विभिन्न वस्तु घरमा भित्र्याउनाले वर्षभर धनको कमि नहुने धार्मिक मान्यता रहेको छ। जानेर बुझेर खरिद गरे देखि लक्ष्मीले कहिले साथ नछोड्ने विश्वास पनि रहेको छ । ज्योतिष शास्त्रीहरुका अनुसार धनतेरसमा निम्न उल्लेखित वस्तुहरु कसैलाई थाहा नदिइ घरमा भित्राउदा आर्थिक लाभ हुने गर्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij