Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

कामदारको मृत्यु भएपछि अरुण तेस्रोमा तोडफोड

कामदारको मृत्यु भएपछि अरुण तेस्रोमा तोडफोड


  • 5.5K
    Shares

    कामदारको मृत्यु भएपछि अरुण तेस्रोमा तोडफोड

    अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउस सुरुङभित्र कामदारको मृत्यु भए पनि वेवास्ता गरेको भन्दै मजदुरहरुले आयोजना स्थलमा तोडफोड गरेका छन् ।

    चिचिला गाउँपालिका– ३ पुखुवास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउस सुरुङभित्र कामदारहरूले रड ओसारपसार गर्ने क्रममा सुरुङमार्गको माथिल्लो भित्ताबाट ढुङ्गामाटो खस्दा चोट लागेर कञ्चनपुर शुक्लाफाँट नगरपालिका– १२ बस्ने ३७ वर्षीय कृष्ण रानाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको थियो ।

    मृतकसँगै घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय मिठु रानाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । साथीको मृत्यु भएको र आयोजनाले थप सहयोग नगरेको भन्दै आक्रोसित मजदुरहरुले आयोजना स्थलमा तोडफोड गरेका जनाएको छ । यस विषयमा अरुण तेस्रो जलविद्युत आयोजनाले भने कुनै प्रतिकृया दिन मानेको छैन । 

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १२:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij