Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

यूएईमा चार महिनामा ९३ नेपालीको मृत्यु

यूएईमा चार महिनामा ९३ नेपालीको मृत्यु


  • 302
    Shares

    यूएईमा चार महिनामा ९३ नेपालीको मृत्यु
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई) मा ९३ जना नेपालीको मृत्यु भएको छ ।

    यूएईको अबुधावीस्थित नेपाली दूतावासका अनुसार २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

    २०८२ साउनमा ३२, भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जना नेपालीको यूएईमा मृत्यु भएको हो । मृत्यु हुनेहरू सबै वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएकाहरू हुन् ।

    नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो ।

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १३:०१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij