२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२\०८३ को पहिलो तीन महिना आर्थिक अवस्था सार्वजनिक गरेको छ । जसमा चालु आर्थिक वर्षको ३ महिनामा चालु खाता र शोधनान्तर स्थिति दुवैमा उच्च बचत देखिएको हो ।
यस्तै विदेशी विनिमय सञ्चितिमा समेत व्यापक वृद्धि भएको छ । तर प्रत्यक्ष वैदेशिक लगानी भने ह्वात्तै घटेको देखिन्छ । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ ।
यस्तै कुल विदेशी विनिमय सञ्चिति २९७९ अर्ब ८१ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब २१ करोड पुगेको बैंकको भनाइ छ । यस्तो सञ्चिति १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । जुन अघिल्लो वर्षको २ अर्ब रुपैयाँको तुलनामा बढी हो । यद्यपि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्रत्यक्ष वैदेशिक लगानीमा भने कमी आएको छ ।
यस अवधिमा १ अर्ब ७४ करोड रुपैयाँ मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ४ अर्ब ८१ करोड रुपैयाँको तुलनामा निकै कम हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij