Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

महँगी घट्यो, उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रह्यो

महँगी घट्यो, उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रह्यो


  • 372
    Shares

    महँगी घट्यो, उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रह्यो
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनामा महँगी घटेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति  ४.८२ प्रतिशत रहेको थियो ।  असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ ।  

    आर्थिक वर्षको पहिलो तीन महिनाको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो ।  

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.७५ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ । 

    तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.६३ प्रतिशत, मरमसलाको ७.८२ प्रतिशत र दाल तथा गेडागुडीको ४.४१ प्रतिशतले घटेको छ ।  

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १३:४०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij