Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

नागरिक लगानी कोषको नाफा ३१ करोड ४३ लाख, प्रतिशेयर आम्दानी कति ?

नागरिक लगानी कोषको नाफा ३१ करोड ४३ लाख, प्रतिशेयर आम्दानी कति ?


  • 1.0K
    Shares

    • images
    नागरिक लगानी कोषको नाफा ३१ करोड ४३ लाख, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन  महिनामा कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    अघिल्लो वर्षको पहिलो तीन महिनामा कोषले ३० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कोषको नाफा ४.४३ प्रतिशतले बढेको छ।

    अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १८.८७ प्रतिशतले घटेर ९ करोड ७२ लाख रुपैयाँमा खम्चिएको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको ब्याज आम्दानी ११ करोड ९८ लाख रुपैयाँ थियो।

    समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ९५ अर्ब ८३ करोड २३ लाख रुपैयाँ रहेको छ। एक वर्षमा कोषको लगानी १७.८६ प्रतिशतले बढेको छ भने कोषले सेवा शुल्क तथा कमिसनबापत ४२ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ।

    समीक्षा अवधिसम्म कोषले बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ६२ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंक मुद्दति निक्षेपमा कोष लगानी १८.१९ प्रतिशतले बढेको छ ।

    हाल कोषको चुक्तापुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ भने कोषको जगेडा कोषलगाायतका कोषको आकार ०.७७ प्रतिशतले बढेर ३ खर्ब १९ अर्ब १५ करोड ५६ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

    समीक्षा अवधिसम्म कोषकोप्रतिसेयर आम्दानी सामान्य घटेर १९.४० रुपैयाँ कायम भएको छ। लगानीमा प्रतिफल ४.८१ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १६९.०८ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १२:२३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij