Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

करिब आठ महिनाका लागि देशभर खुल्यो जग्गाको कित्ताकाट

करिब आठ महिनाका लागि देशभर खुल्यो जग्गाको कित्ताकाट


  • 330
    Shares

    करिब आठ महिनाका लागि देशभर खुल्यो जग्गाको कित्ताकाट
    images

    काठमाडौं । करिब आठ महिनाका लागि देशभर जग्गाको कित्ताकाट खुला भएको छ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको हो ।

    यसअघि उक्त नियमावलीमा भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने उल्लेख थियो । योसँग करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार प्रभावित हुँदै आएको थियो । 

    संशोधित नियमावलीमा यो मिति २०८३ असार मसान्त कायम गरिएको छ । योसँगै सो अवधिसम्म देशभर कित्ताबाट गर्न पाइनेछ । भूउपयोग वर्गीकरण गरेका स्थानीय तहमा भने यसअघि नै कित्ताकाट खुला रहँदै आएको थियो, असारपछि पनि यो निरन्तर रहनेछ ।

    कित्ताकाट गर्न बाँकी स्थानीय तहले आगामी असार मसान्तसम्म यस्तो वर्गीकरण गरिसक्नुपर्नेछ । अन्यथा फेरि कित्ताकाट बन्द हुनेछ ।

    देशभरमा ७५३ स्थानीय तह छन् । त्यसमध्ये दुई तिहाइ स्थानीय तहमा कित्ताकाट रोकिँदा कारोबार र राजस्व समेत प्रभावित हुँदै आएको थियो । यो निर्णयले घरजग्गा कारोबारमा केही हदसम्म सुधारको अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १०:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij