Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

शुक्रबारको दिन किन सन्तोषी माताको पूजा गरिन्छ ? यस्तो छ व्रत विधि !

शुक्रबारको दिन किन सन्तोषी माताको पूजा गरिन्छ ? यस्तो छ व्रत विधि !


  • 169
    Shares

    शुक्रबारको दिन किन सन्तोषी माताको पूजा गरिन्छ ? यस्तो छ व्रत विधि !
    images

    हिन्दु धर्मशास्त्र अनुसार सात बारमा हरेक दिन फरक-फरक देवी-देवताको पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार ३ किसिमको व्रत तथा पूजा गरिन्छ । यो दिन हिन्दु धर्मावलम्बीहरुले भगवान् शुक्रका साथै सन्तोषी माता र वैभव लक्ष्मीको पूजा गर्छन् ।

    शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख शान्ती रहिरहने विश्वास गरिन्छ । साथै शुक्रबारमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

    यिनीहरुको व्रत विधि भने अलग-अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनुपर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । यो दिनमा अमिलो खानु राम्रो मानिदैन । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नुपर्छ ।

    सन्तोषी माताको व्रत विधि

    १. सूर्योदय हुनुअघि उठ्नुहोस् र घरको सफाइ पूर्ण गर्नुहोस् । नुहाइसकेपछि, घरको सुन्दर र पवित्र ठाउँमा माता सन्तोषीको मूर्ति वा तस्बिर स्थापना गर्नुहोस् ।
    २. माता सन्तोषीको अगाडि पानीले भरिएको कलश राख्नुहोस् । कलशमा कचौरा भर्नुहोस् र सक्‍खर राख्नुहोस् ।
    ३. भगवान्‌को अगाडि घिउको बत्ती बल्नुहोस् । अक्षता, फूल, सुगन्धित गन्ध, नरिवल, रातो कपडा वा आमालाई चुनरी दिनुहोस् ।
    ४. सन्तोषीमाता की जय भन्दै आमाको कथा सुरु गर्नुहोस् ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - ०६:२२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij