Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतले बुझाए आ-आफ्नो ओहोदाको प्रमाणपत्र

राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतले बुझाए आ-आफ्नो ओहोदाको प्रमाणपत्र


  • 316
    Shares

    राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतले बुझाए आ-आफ्नो ओहोदाको प्रमाणपत्र
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। बिहीबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोह इजिप्ट, नर्वे, श्रीलंका र म्यानमारका राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

    उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

    राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने नवनियुक्त राजदूतहरूमा इजिप्टका सरिफ मोस्ताफा अलसैयद, नर्वेकी ड्याग्नी म्जोस, श्रीलंकाका रुवान्थी डेल्पिटिया  र म्यानमारका यू थान्त सिन रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

     

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १६:५३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij