२०८२ कार्तिक २७ गते बिहिवार
काठमाडौं । अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ । आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । हजुरआमा भने बाँच्न सफल भएको समाचारमा उल्लेख छ ।
भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको मृत्यु भएको हो । कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेहरू एकै परिवारका बाबु, आमा र छोरा हुन् । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ ।
घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । उनीहरूसँगै अर्को कारमा परिवारका अन्य सदस्यसमेत सवार रहेको र उनीहरूले केही पछिमात्र घटनाबारे जानकारी पाएका थिए ।
ट्रक चालक भने सामान्य घाइते भएका छन् । दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत नीराजन गौलीले नीकै पीडादायक घट्ना घटेको बताएका छन् । एकै परिवारका तीन सदस्यको निधन भएको र एक जनाको उपचार भइरहेको उनले पुष्टि गरेका छन् ।
उपचारार्थ महिलाको अवस्था स्थिर रहेको र उनको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग सम्पर्क भइरहेको र आफूहरू आवश्यक सहयोगको लागि तयार रहेको समेत बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij