Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

राष्ट्रिय परिचयपत्र हुनेले यसरी गर्न सक्छन् मतदाता नामावलीमा नाम दर्ता

राष्ट्रिय परिचयपत्र हुनेले यसरी गर्न सक्छन् मतदाता नामावलीमा नाम दर्ता


  • 603
    Shares

    राष्ट्रिय परिचयपत्र हुनेले यसरी गर्न सक्छन् मतदाता नामावलीमा नाम दर्ता
    images

    काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली सङ्कलन गर्ने समय सीमा तोकेपछि निर्वाचन कार्यालयमा मतदाता परिचय पत्र बनाउनेको भीड लाग्न थालेको छ । 

    तर मतदाता नामावलीमा नाम दर्ता गर्न अब राष्ट्रिय परिचयपत्र भएमा नागरिक निर्वाचन आयोग जान नपर्ने भएको छ ।  राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनबाट नै  मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने निर्वाचन आयोगले जनाएको छ ।  

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय परिचय पत्र औपचारिक रूपमा नै मतदाता नामावलीमा जोडिएको छ ।  

    यसअघि नाम, ठेगाना, जन्ममिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउन नपर्ने बध्यमता थियो । अब भने राष्ट्रिय परिचयपत्रहुनेहरूले सबै काम अनलाइनबाटै गर्न सक्नेछन् । 

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १५:३६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij