Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

साताको अन्तिम कारोबार दिन नेप्से सकारात्मक, कारोबार रकम करिब साढे ३ अर्ब

साताको अन्तिम कारोबार दिन नेप्से सकारात्मक, कारोबार रकम करिब साढे ३ अर्ब


  • 169
    Shares

    साताको अन्तिम कारोबार दिन नेप्से सकारात्मक, कारोबार रकम करिब साढे ३ अर्ब
    images

    काठमाडौं । आज साताको अन्तिम दिन कारोबारको दिन शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.३१ अंकले बढेर २,५४४ को विन्दुमा कायम भएको छ । 

    आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

    आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नकम्पनीको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको १३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    27.JPG

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १५:१८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij