Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी


  • 316
    Shares

    नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी
    images

    काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित प्रशासकीय कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर र लेक्चर सहित प्रशासकीय कर्मचारीहरु माग गरेको हो ।

    जारी सूचना अनुसार क्यास काउन्टर इन्चार्ज, स्टोर इन्चार्ज तथा मार्केटिङ अफिसर समेत माग गरिएको छ । माग गरिएका पदहरुमा इच्छुक उम्मेदवारले इमेलमा आफ्नो ब्यक्तिगत विवरणहरु पठाउनु पर्नेछ । सम्बन्धित विषयहरुमा विशेषज्ञता हासिल गरेका तथा अनुभव हासिल गरेकालाई प्राथमकितामा राखेर अन्तरवार्ताका लागि बोलाइने जनाइएको छ ।

    कलेजले आफ्नो स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर अझ प्रभावकारी बनाउनका लागि थप जनशक्तिहरु माग गरेको छ । कार्डियोलोजी, अंकोलोजी सहित अत्याधुनिक नयाँ एमआरआई सञ्चालन गर्ने तयारीमा रहेको कलेजले दक्ष जनशक्ति माग गरेको बताएको छ । 

    नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवामा लामो समयदेखि समर्पित विरगञ्जका प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टीमले नेपाल मेडिकल कलेज लिएसँगै यहाँका स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा दिनानूदिन सुधारहरु भइरहेको छ भने, अत्याधुनिक चिकित्सकीय उपकरण र दक्ष स्वास्थ्यकर्मी भएकोले बिरामीको चाप पनि बढिरहेको छ ।

    675444.jpg

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १२:५६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij