२०८२ कार्तिक २७ गते बिहिवार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहाले अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार सिराहा, जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो ।
बाटो छेउमा रोकी राखेको मोटरसाइकल चालक राम जीवन यादव र मोटरसाइकलको पछाडि सवार दीपककुमार यादव समेतलाई चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ प्लास्टिक सहित तौल गर्दा २४ ग्राम ८२० मिली ग्राम फेला परेकोले उनीहरूलाई पक्राउ गरिएको हो ।
हिजै साँझ सिराहा नवराजपुर गाउँपालिका-५ स्थित कुसण्डीबाट जगतपुर जाने बाटोमा इलाका प्रहरी कार्यालय झाझपट्टी सिराहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक ऋषि कुमार यादवको साथबाट लागुऔषध डाईजोपाम एम्पुल थान ५ ,प्रोमेथाजाईन एम्पुल ५, ब्रुफेनफाईन एम्पुल ५ फेला परेको पछि पक्राउ गरेको थियो ।
मोटरसाइकलको पछाडि सवार देवेन्द्र कुमार यादवको साथबाट डाईजोपाम एम्पुल थान १ र सिरिन्ज थान १ फेला परेकोले बरामद गरी निज दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij