Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

मधेशका मुख्यमन्त्रीले दुरुपयोग गर्दै आएको स्करपियोले यात्रुवाहक बसलाई दियो ठक्कर

मधेशका मुख्यमन्त्रीले दुरुपयोग गर्दै आएको स्करपियोले यात्रुवाहक बसलाई दियो ठक्कर


  • 386
    Shares

    मधेशका मुख्यमन्त्रीले दुरुपयोग गर्दै आएको स्करपियोले यात्रुवाहक बसलाई दियो ठक्कर
    images

    काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव चढ्ने गाडी दुर्घटनामा परेको छ । गाडीमा मुख्यमन्त्री यादव सवार भएरनभएको खुलेको छैन ।

    मधेश प्रदेश ०२००१ झ ०२६८ नम्बरको सेतो स्कोरपियोले मगंलबार राति साढे ९ बजे महोत्तरी बर्दिबास नगरपालिका माइस्थान इलाकामा रहेको बागे पुल नजिक बागमती ०३००१ ख ३६६३ शिव शक्ति यात्रुबाहक बसलाई ठक्कर दिएको हो । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी टिका बरालका अनुसार तीब्र गतिका कारण बसलाई सरकारी नम्बर प्लेटको स्कारपियोले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा बसको पछाडिको भाग र स्कारपियो अगाडि भाग कुच्चिएको उनले जानकारी दिए ।

    गाडी कहाँ र के प्रयोजनका लागि गइरहेको थियो भन्ने खुलेको छैन । गाडी मधेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको रहेको नेपालले प्रेसले पुष्टि गरेको छ । सो मन्त्रालयको गाडी पटक–पटक दुरुपयोग हुने गरेको स्रोतले बतायो ।

    मन्त्रालय नै बेखबर

    निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनार सोनलले मुख्यमन्त्री यादव अवैधानिक रहेको भनेर गाडी र क्वाटर छोडेका छैनन् । त्यसैले मुख्यमन्त्री यादव पहिलेकै गाडी प्रयोग गर्दै आइरहेका छन् ।

    सो गाडी महोत्तरी सम्सी नगरपालिकाका ०४ बस्ने मोहम्मद मोम्ताज खानले चलाएको प्रहरीको भनाइ छ । सरकारी गाडी दुर्घटनामा परेको दुई दिन बितिसक्दा पनि सम्वन्धित मन्त्रालय बेखर रहेको पाइयो ।

    भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका स्टोर प्रमुख केवल दासलाई मगंलबार राति यस विषयमा नेपाल प्रेसले जिज्ञासा राख्दा उनले थाहा नपाएको जवाफ दिए ।

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १२:३४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij