२०८२ कार्तिक २७ गते बिहिवार
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको छ।
गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपी पदको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। दर्ज्यानी चिन्ह लगाइसकेपछि कार्कीले मन्त्रालयमै आयोजित कार्यक्रममा लामो सम्बोधन गर्दै नेपाल प्रहरीलाई सुदृढ र पेशागत बनाउने प्रतिबद्धता जनाए।
आईजीपी कार्कीले भने, ‘नेपाल प्रहरीमा पारदर्शिता र जवाफदेहिता ग्रहण गर्छु। नागरिक सुरक्षामा प्रतिबद्ध भएर लाग्छु। सदैव साथ मिलिरहने विश्वास लिएको छु।’ उनले देशको अवस्था असाधारण भएकाले सुशासन कायम गर्ने र निकट भविष्यमा निर्वाचन सम्पन्न गराउने अभिभारा प्रहरीको ठूलो जिम्मेवारी हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij