Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

प्रहरीमा आजदेखि नयाँ महानिरीक्षकः मन्त्रालयमा दर्ज्यानी चिह्न, प्रधान कार्यालयमा बहाली

प्रहरीमा आजदेखि नयाँ महानिरीक्षकः मन्त्रालयमा दर्ज्यानी चिह्न, प्रधान कार्यालयमा बहाली


  • 344
    Shares

    प्रहरीमा आजदेखि नयाँ महानिरीक्षकः मन्त्रालयमा दर्ज्यानी चिह्न, प्रधान कार्यालयमा बहाली
    images

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आज पदभार ग्रहण गर्दैछन् ।

    केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार गृह मन्त्रालयमा १०ः४५ मा एक संक्षिप्त समारोहबीच गृह सचिव रामेश्वर दङ्गालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिने कार्यक्रम तय भएको छ । त्यसलगत्तै नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा बहाली हुने तयारी गरिएको उनले बताए ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् । नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म छ ।

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १०:५८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij