Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

स्काउटको जग्गामा बनाइएका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित)

स्काउटको जग्गामा बनाइएका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित)


  • 260
    Shares

    स्काउटको जग्गामा बनाइएका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित)
    images

    काठमाडौं । नेपाल स्काउटको जग्गामा बनाइएका संरचना काठमाडौं महानगरपालिका भत्काएको छ । 

    पूर्वऊर्जामन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड प्रा.लि.ले जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो । त्यहाँ भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको हो । 

    बिहीवार महानगर प्रहरीहरु डोजरसहित पुगेर त्यहाँ बनाइएका संरचनाहरु भत्काएका छन् । काँग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आउनुभएको थियो । जग्गाको भाडा लामो समयदेखि नतिरेको आरोप लाग्ने गरेको छ । 

    कार्तिक २० गते स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । बिहीवारसम्मको म्यादमा भाडा नआएपछि संरचनाहरु भत्काइएको बताइएको छ । 

    st4.JPG

    st3.JPG

    st2.JPG

    st1.JPG

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १०:१४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij