Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङको बिदाइ

गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङको बिदाइ


  • 323
    Shares

    गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङको बिदाइ
    images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङको बिदाइ गरेका छन् । बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्यालले उनलाई बिदाइ गरेका हुन् ।

    ३० वर्षे सेवा अवधि पुरा गरेर खापुङ आजबाट अवकाशमा जाँदै छन् । प्रहरी प्रधान कार्यालयले बुधवार साँझ उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ ।

    भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका खापुङले आईजीपी भएको पाँचौँ दिनमा नै जेनजी प्रदर्शनको मार खेपेका थिए । 

    मन्त्रिपरिषद्ले कार्तिक २७ बाट लागु हुने गरी ३३ औँ आईजीपीमा दान बहादुर कार्कीलाई नियुक्त गरिसकेको छ । 

     

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १६:१५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij