Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

दुईवटा मोटरसाइकलसँग ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते

दुईवटा मोटरसाइकलसँग ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते


  • 267
    Shares

    दुईवटा मोटरसाइकलसँग ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते
    images

    काठमाडौं ।  सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरमा दुई वटा मोटरसाइकलसँग मालबाहक ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    बुधबार दिउँसो मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको नाप्र१–०२–००२ ख ४११ ट्रक र विपरीत दिशाबाट आएका नाप्र२–०१–००१ प २१४२ र मप्र०२–००६ प ५८४१ को दुईवटा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय डकाहाको प्रमुख प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिइन् ।

    दुर्घटनामा दुधौली नगरपालिका–११ टाडीका ३४ वर्षीय रामकुमार कुमर र सोही क्षेत्रका २५ वर्षीय फुलबाबु धामीको दुधौली नगर अस्पताल सिर्थौलीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक खड्काको अनुसार दुधौली–३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउका २७ वर्षीय बुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी रहेका छन् । तीमध्ये विप्लव, बुद्धि र कुशेको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

    धनकुटा जिल्ला छथर जोरपाटी गाउँपालिका–६ का २५ वर्षीय शेरबहादुर विष्टले चलाएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थल नजिकै आगलागी समेत भएको प्रहरीले जनाएको छ ।

    मप्र०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा लागेको आगोका कारण सो सवारी पूर्णरूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनापछि ट्रक र चालक प्रहरी नियन्त्रणमा लिइएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

     

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १५:१२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij