२०८२ कार्तिक २६ गते बुधवार
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर खापुङले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् ।
खापुङसँगै भावी आइजीपी दानबहादुर कार्की पनि प्रधानमन्त्रीसँगको भेटमा सहभागी रहेका थिए । खापुङ यही कात्तिक २७ गतेदेखि ३० वर्षे सेवा अवधि पुरा गरेर निवृत्त हुँदै छन् ।
खापुङ सेवा निवृत्त हुने भए पनि सरकारले कार्कीलाई आइजीपी बनाउने निर्णय गरिसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij