Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

१२ उपसचिवको सरुवा गर्दा ४ जना जगेडामा

१२ उपसचिवको सरुवा गर्दा ४ जना जगेडामा


  • 239
    Shares

    १२ उपसचिवको सरुवा गर्दा ४ जना जगेडामा
    images

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ उपसचिवको सरुवा गर्दा ४ जनालाई जगेडामा राखेको छ । सचिव रविलाल पन्थस्तरीय निर्णयबाट मङ्गलवार १२ उपसचिव सरुवा गर्दा ४ जनालाई मन्त्रालयको अतिरिक्त समूह (जगेडा) मा राखिएको हो ।

    राजश्व अनुसन्धान कार्यालय बुटवलमा कार्यरत विवेक घिमिरे, दुधौली नगरपालिका सिन्धुलीमा कार्यरत दिनेशराज पन्त, जिल्ला समन्वय समिति पाल्पामा कार्यरत मुकुन्द शर्मा र बोधीमाई नगरपालिका रौतहटमा कार्यरत डिल्लीराज श्रेष्ठलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालय निकट स्रोतका अनुसार उनीहरूको काम गर्ने सिलसिलामा खोट देखिएकाले तत्कालका लागि अतिरिक्त समूहमा राखिएको हो ।

    मन्त्रालयले मङ्गलवार नै १२ उपसचिवसँगै ३१ शाखा अधिकृतको पनि सरुवा गरेको छ । सरुवा भएका ३१ शाखा अधिकृतमध्ये कटहरी गाउँपालिका मोरङका तेजिन्द्र गौतम पनि मन्त्रालयको जगेडामा तानिएका सूचनामा उल्लेख छ । 

    1.png

    2.png

    3.png

    4.png

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १३:४६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij