२०८२ कार्तिक २६ गते बुधवार
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् ।
उनले भनेका छन्, २०८० सालमा नेपालका चार पार्टी सहभागी समाजवादी मोर्चा निर्माण गरेका थियौँ । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध सङ्घर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रमहरू पनि गर्यो । तर जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव बनेन ।
विज्ञप्तिमा भनिएको छ, ‘जेन्जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापकस्तरमा नयाँ बहस आवश्यक बनेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं ।’
मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरू गरे पनि समयको मागअनुसार रफ्तारमा कामहरू अघि बढाउन सम्भव नभएको विप्लवको भनाइ छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij