२०८२ कार्तिक २६ गते बुधवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले करिब दुई महिनासम्म रोकिएको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को स्वीकृति प्रक्रिया सुरु भएको छ ।
कर्मचारी आन्दोलन रोकिएसँगै बोर्डको कामकारबाही सुचारु भएको हो । लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूका लागि आईपीओ निष्काशन सुरु भएको छ । बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल रहेका छन् ।
मङ्गलबार सोलु हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ दरका २ करोड कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij