Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

आज पहाडी क्षेत्रमा आंशिक बदली र अन्य स्थानमा मौसम सफा रहने

आज पहाडी क्षेत्रमा आंशिक बदली र अन्य स्थानमा मौसम सफा रहने


  • 274
    Shares

    आज पहाडी क्षेत्रमा आंशिक बदली र अन्य स्थानमा मौसम सफा रहने
    images

    काठमाडौँ । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। राति पनि गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र देशका बाँकी भागमा आकाश सफा रहने महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - ०८:२८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij