२०८२ कार्तिक २६ गते बुधवार
काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् । असहज परिस्थितिका बाबजुद उनले मधेश भवन छिरेर मंगलबार पदभार ग्रहण गरेका हुन् ।
कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका सहिदहरूलाई मधेस रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् । मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताएका छन् ।
उनले प्रदेशमा शान्ति सुव्यवस्था कायम गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायका पदाधिकारीहरूलाई निर्देशन दिएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij