Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

संविधान नपढी मन्त्री बन्न गएको होइनः कानूनमन्त्री सिन्हा

संविधान नपढी मन्त्री बन्न गएको होइनः कानूनमन्त्री सिन्हा


  • 547
    Shares

    संविधान नपढी मन्त्री बन्न गएको होइनः कानूनमन्त्री सिन्हा
    images

    काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दाबी गरेका छन् । नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्। 

    उनले आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताएका छन् । कार्यक्रममा सहभागी एमाले नेता अग्नी खरेलले पुर्वन्यायधीश र प्रधानन्याशीश प्रधानमन्त्री र मन्त्री बन्नु असंवैधानिक बताएपनि मन्त्री सिन्हाले यस्तो जवाफ दिएका हुन् । उनले मन्त्री बन्ने दिन पनि एक घण्टा आफूले संविधान पढेको बताएका छन् । 

    उनले आफूहरु अफ्ठ्यारो अवस्थामा मात्रै सरकार चलाउन आएको बताएका छन् । उनले आफुलाई आगामी दिनमा चुनाव लड्ने, मन्त्री बन्ने ईच्छा पनि नरहेको बताएका छन् ।
     
    उनले भने, ‘असंवैधानिक किन रे १ भन्दाखेरी त्यो चाँही नी सरकारी पदमा बस्नको निम्ति न्यायधीशलाई बन्देज लगाएको भनेर भन्नुभयो । म सरकार पद हो की होईन यसो हेरे, मैले संविधान पल्टाएर हेरे । नपढीकन चाहीँ गएको होईन होला म त्यो दिन त्यहाँ । एक घण्टा पढ्ने मौका पाएको थिए । अरु बेला त पढे, त्यो धारा चाँही त्यो बेला पढे । मैले देखे मलाई भोट खसाल्ने अधिकारबाट उहाँहरुले बञ्चित गर्नु भएन, भोट खसाल्ने अधिकार दिएपछि मैले जसलाई भोट खसाल्छु, उसको ठाउँमा गएर म भोट माग्ने अधिकार, स्वतन्त्र होस् या पार्टी समातेर होस्, म उम्मेद्वार बन्ने मेरो अधिकार छ कि छैन रु मसंग अधिकार छ ।’ 

    मन्त्री सिन्हाले सरकारले निर्वाचनको वातावरण निर्माण गरिरहेको पनि दाबी गरेका छन् । सरकारले हरेक राजनितिक दलका जिम्मेवार नेताहरुसँग निर्वाचनको सन्दर्भमा छलफल गरिरहेको पनि जानकारी दिएका छन्। 

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - १७:२८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij