२०८२ कार्तिक २६ गते बुधवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २,५६५ को विन्दुमा कायम भएको छ ।
आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ ।
समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशत बढेको छ ।
आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने राधि विद्युत कम्पनीको ३२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij