Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

मधेस प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरूको धर्ना

मधेस प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरूको धर्ना


  • 1.0K
    Shares

    मधेस प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरूको धर्ना
    images

    काठमाडौं । मधेस प्रदेशमा सरकार गठनको प्रक्रियाविरुद्ध सात राजनीतिक दलका सांसदहरूले विरोध प्रदर्शन शुरु गरेका छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका सात राजनीतिक दलका सांसदहरूले मधेस प्रदेश सभा भवन अगाडि धर्ना दिएका हुन् ।

    सात राजनीतिक दलहरुले धर्ना प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक ठहराउँदै गरेका हुन् । धर्नामा सहभागी सांसदहरूले प्रदेश सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ विपरीत भएको दाबी गर्दै आएका छन् । उनीहरूले एमालेको नेतृत्वमा बनेको यो सरकारलाई अवैध सरकार भनेका छन् । धर्ना स्थलमा सांसदहरूले नारा लगाउँदै सरकारविरुद्ध तिब्र नाराबाजी गरेका छन् । 

    यसैबीच, विरोधी दलहरूले कानूनी बाटोबाट पनि यो मुद्दालाई अगाडि बढाएका छन् । एमालेबाहेकका दलहरूका ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - १४:१९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij