२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । सय केजी सुनकाण्डमा कैद सजाय पाएका र जेनजी आन्दोलनमा जेलबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भोजपुर, अरुण गाउँपालिका– ४ घर भई हाल काठमाडौं, बूढानीलकण्ठ– ४ पासीकोट बस्ने ५१ वर्षीय हर्कराज राईलाई पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट भागेका थिए ।
संगठित अपराध, सुन भन्सार चोरी पैठारी तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा उनी कैद सजाय भुक्तान गरिहेका थिए । उनी वहुचर्चित १०० केजी सुन प्रकरणमा संलग्न थिए । उनलाई केन्द्रीय कारागारमै बुझाइएका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij