Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

पार्टी दर्ता गर्न जानुअघि सुमना र सुदनको टीमसँग छलफलमा कुलमान

पार्टी दर्ता गर्न जानुअघि सुमना र सुदनको टीमसँग छलफलमा कुलमान


  • 820
    Shares

    पार्टी दर्ता गर्न जानुअघि सुमना र सुदनको टीमसँग छलफलमा कुलमान
    images

    काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङ ‘उज्यालो नेपाल पार्टी’ गठन गर्ने अन्तिम तयारीमा छन् । जसका लागि उनको टिम मंगलबार निर्वाचन आयोग जाने भएको छ । 

    आयोगमा जानुअघि कुलमानको टीमले रास्वपा परित्याग गरेकी निवर्तमान प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठ र हामी नेपालका संस्थापक सुदन गुरूङसँग अन्तिम छलफलमा जुटेको छ ।  कुलमान निकट जितराम लामाले आयोग जानुअघि आज सुमना र हामी नेपालका संस्थापक सुदन गुरूङको टिमसँग छलफल भइरहेको जानकारी दिए । 

    यसअघि सुमना र गुरुङलगायत एउटै पार्टी निर्माण गरेर अघि बढ्ने भनिएको थियो । तर, सहमति नभएपछि कुलमान र सुमनाले फरक फरक बाटो रोजेका थिए । सुमनाले पार्टीको नाम लगायतका विषयमा असहमति राखेको बताइएको छ । 

    अहिले फेरि कुलमान, सुमना र सुदनको टिम एउटै पार्टी बनाएर जाने विषयमा अन्तिम छलफल भइरहेको भन्दै लामाले सहमति भएको खण्डमा एकीकृत ढंगले आयोगमा जाने बताए । उनले भने, ‘आइतवार र सोमवार निरन्तर भएको छलफलमा विभिन्न विषयमा असहमति हुँदा सुमना अलग हुनु भएको थियो । तर आज सहमतिको प्रयासस्वरुप पुनः छलफल सुरु भएको छ । छलफल सकिएसँगै केही ढिला गरी निर्वाचन आयोज जाने तयारी छ ।’

    सरकारमा मन्त्री रहेकाले कुलमान तत्काललाई पार्टीमा सक्रिय हुने छैनन् । सोहीकारण पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गराउने तयारी छ । कुलमानको पार्टीको चुनाव चिह्न बिजुलीको चिम राख्न प्रस्ताव गरिएको छ । 

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - ११:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij