Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स हत्या, गहना पनि लुटियो

धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स हत्या, गहना पनि लुटियो


  • 701
    Shares

    धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स हत्या, गहना पनि लुटियो
    images

    काठमाडौं । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका(७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या भएको हो ।

    सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको धनुषाका प्रहरीका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए ।

    घटना पश्चात धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घटनाबारे राति ९ बजे जानकारी प्राप्त भएको थियो । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । मृतक महिलाले लगाएका सुनचाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको प्रहरीको भनाइ छ ।

    स्थानीयका अनुसार महिला मिटरव्याज पीडित हुन् । त्यसकै निहुमा उनको हत्या भएको आशंका प्रहरीको छ । प्रहरीले लुटिएको गहना बरामद गरेको छ । कसले लुटेको भनेर खुलाएको छैन ।

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - ११:३८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij