२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । चुनाव नजिकिएसँगै सानातिना मुद्दाहरूले पनि ठूलै चर्चा पाउने गर्छन् । नेपालमा भारतीयहरूले मत दिए भनेर चर्चा हुनेगर्थ्यो । तर, पछिल्लो समयमा भारतमा नेपाली मतदाताले मत दिएको विषय चर्चामा छ ।
बिहार चुनावमा ०.०१२ प्रतिशत मतदाता मात्र ‘विदेशी’ रहेका छन् र तिनमा अधिकांश छन् भारतीय पुरुषसँग विवाहित नेपाली महिला । तर अचाक्लि न्यून यो संख्यालाई चुनावी मसला बनाएर बिहार चुनावमा ‘चियाको कपमा तुफान’ ल्याउन खोजिएको छ ।
खासगरी आप्रवासनका कारण पश्चिमा देशहरूमा जेनोफोबिया बारे कुरा हुनेगर्थ्यो । आप्रवासीबाट त्यहाँका रैथानेहरूको मनमा पैदा हुने भयको अवस्थालाई जेनोफोबिया भनिन्छ । यो एउटा यस्तो गहिरो डर वा घृणा हो जुन विदेशी, अपरिचित वा अन्य समूहका मानिसहरूप्रति व्यक्त हुन्छ।
यो भावना पैदा भएपछि विदेशी वा आप्रवासीहरूलाई शंकाको दृष्टिकोणले हेर्न थालिन्छ । उनीहरूलाई आफ्नो समुदाय वा देशका लागि खतरा वा समस्याको रूपमा चित्रण गरिन्छ । बिस्तारै उनीहरूलाई भेदभावपूर्ण व्यवहार हुँदै दुर्व्यवहारसम्म गरिन्छ ।
आफ्नो देशको अर्थव्यवस्था, संस्कृति वा सुरक्षाका लागि विदेशीहरूलाई जिम्मेवार ठानिन्छ । दक्षिणपन्थी शासकहरूको बोलवाला बढ्न थालेपछि यस्ता गतिविधि संसारभरी बढिरहेको छ ।
अमेरिकामा ट्रम्प यही नारा दिएर सत्तामा आएका छन् । अष्ट्रेलियादेखि जापानसम्म यस्ता गतिविधि बढिरहेको समाचार हामी पढिरहेकै छौं ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij