२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । पर्वतको मोदी गाउँपालिका-६ दराकमा कारागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीय श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् ।
कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिएका छन् ।
अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij