Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

मधेस प्रदेश प्रमुख सुमीत्रा भण्डारी बर्खास्त, सुरेन्द्रलाल कर्ण सिफारिस

मधेस प्रदेश प्रमुख सुमीत्रा भण्डारी बर्खास्त, सुरेन्द्रलाल कर्ण सिफारिस


  • 2.2K
    Shares

    मधेस प्रदेश प्रमुख सुमीत्रा भण्डारी बर्खास्त, सुरेन्द्रलाल कर्ण सिफारिस
    images

    सरकारले मधेश प्रदेश सरकार प्रमुख सुमीत्रा भण्डारीलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गर्दै सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्ने निर्णय गरेको हो।  

    सरकारले मधेस प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि सिफारिस गरेको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेस मामलाका जानकार कर्णलाई प्रदेश प्रमुख पदमा नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।  

    मधेस प्रदेशको मुख्यमन्त्रीमा विवादस्पद निर्णय गरेकी प्रदेश प्रमुख सुमीत्रा भण्डारी सुवेदीलाई बर्खास्त गर्दै सरकारले कर्णलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो।  सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख‍मा कर्णलाई नियुक्त गर्नेछन्।

    भण्डारीले सोमबार बिहानै झिसमिसेमै मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गरेकी थिइन्। उनले मुख्यमन्त्रीको दाबीको लागि आह्वान नै नगरी यादवलाई महोत्तरीको बर्दिवासको पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्। उनको यादवलाई ठूलो दलको हैसियतमा नियुक्ति गरेको बताएकी छन्।   

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - २१:३३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij