Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता, रोजगारी सृजनामा केन्द्रित हुने

गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता, रोजगारी सृजनामा केन्द्रित हुने


  • 911
    Shares

    गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता, रोजगारी सृजनामा केन्द्रित हुने

    काठमाडौं । जेनजी आन्दोलनलगत्तै गठन गरिएको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका सचिव माहादेव पन्थले सोमवार सो पार्टी दर्ताको प्रमाण पत्र अध्यक्ष डा. दिनेश प्रसार्ईंलाई प्रदान गरेका हुन् । 

    बुद्ध एयरका मालिकसमेत रहनुभएका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरु संलग्न रहने भएको छ । नागरिकहरु मिलेर देश बनाउने उद्देश्यका साथ सो दल दर्ता गरिएको सो पार्टीका अध्यक्ष प्रसार्ईंले बताए। उनले आफ्नो पार्टीले मुलुकमा रोजगारी सृजनाको विषयलाई मुख्य एजेण्डा बनाएको पनि स्पष्ट पारे। 

    अध्यक्ष प्रसाईंले भने, ‘हामी व्यापारिक व्यवसायिक मात्रै होइनौँ । म आफैले पनि त्रिभूवन विश्वविद्यालयमा राजनीतिक समाजशाष्त्र पढाएको १५ वर्ष भईसक्यो । सबभन्दा पहिला हामी यो देशका नागरिक हौँ । यो देशको भविष्य नागरिकहरुले मिलेर बनाउने हो । यो देश हामी सबैको हो । र हामी सबै मिलेर यो देश बनाउने हो । अहिलेसम्म राजनीतिमा रोजगारीलाई प्रमुख एजेण्डा बनाइएन भन्ने विषयबाट चिन्तित भएर कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्ने हिसावले चिन्तितभएर विषत दुइ वर्षदेखि हामीले घनिभूत छलफल गरेका छौं । त्यसमा पर्यटन, कृषि, आइटी, शिक्षा, स्वास्थ्यको बारेमा घनिभूत छलफल गरेर हामीले पार्टी दर्ता गरेका छौँ ।

    सो पार्टीको दल दर्ताको प्रमाणपत्र लिन व्यवसायी बस्नेतसहितको नेताहरु पुगेको थियो ।  पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमार्फत मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न आफूहरु लागिपर्ने बताएका छन्। 

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १६:४२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij