२०८२ कार्तिक २६ गते बुधवार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार पनि शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसुचक ५.८० अंकले घटेर २,५६० को विन्दुमा कायम भएको छ ।
आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२७ कम्पनीको ८६ करोड ४७ लाख ८८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशत बढेको छ। लगानी र व्यापार उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
आज सबैभन्दा धेरै एनआरएनको ४८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने यूनियन हाइड्रोपावरको २५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij