Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

डोल्पाको सडक ठेक्कामा ५५ लाख भ्रष्टाचार, तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर

डोल्पाको सडक ठेक्कामा ५५ लाख भ्रष्टाचार, तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर


  • 1.2K
    Shares

    डोल्पाको सडक ठेक्कामा ५५ लाख भ्रष्टाचार, तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर
    images

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

    अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिम बहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र अपरेटर हरिचन्द्र बिष्टविरुद्ध भ्रष्टाचार मुद्दा  दायर गरेको हो।

    आयोगका अनुसार त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतीको खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मुल्यांकन समितिका सदस्य शिशिर कुमार गुरुङ, दिव्या निर्माण सेवा प्रालि, दुनै, डोल्पा र उक्त निर्माण सेवाका भीमराज न्यौपानेलाई मुद्दामा प्रतिवादी बनाइएको छ।

    आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरूविरुद्ध  ५५ लाख ८९ हजार ६३ रुपैयाँ बराबरको मुद्दा आज विशेष अदालतमा दायर भएको छ।

    अख्तियारका अनुसार, त्रिपुरासुन्दरी नगरपालिकाले आर्थिक वर्ष २०७८\७९ मा वडा नं. ५ स्थित खदाङ देखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिु का लागि बोलपत्र आह्वान गरेको थियो। उक्त ठेक्का प्रक्रियामा ७ वटा निर्माण व्यवसायी सहभागी भए पनि मूल्यांकन समितिले मिलेमतोमा अनावश्यक शर्तहरू तेर्स्याएर ६ वटा कम्पनीलाई प्रक्रियाबाट हटाएको थियो।

    मोटरबाटो निर्माणका नाममा ५५  लाख ८९ हजार ६३ रकम गैरकानुनी लाभ र संस्थालाई गैरकानुनी हानिनोक्सानी पुर्‍याउने बदनियतले कार्य गरेको देखिएबाट उक्त कार्य कसूरमा संलग्न निमित्त प्रमुख प्रशासकीय अधिकृति पोखरेलसहित प्रतिवादीहरूउपर  सजाय र सोही मूल्य बराबरको विगो मागदावी गरिएको आरोप पत्रमा उल्लेख छ।

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १५:०२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij