Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका अविस्मरणीय छ: मन्त्री खरेल

समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका अविस्मरणीय छ: मन्त्री खरेल


  • 624
    Shares

    समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका अविस्मरणीय छ: मन्त्री खरेल
    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका अविस्मरणीय रहेको बताएका छन् । सोमवार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

    समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरुलाई राज्यले हेर्नुपर्ने उनको भनाइ छ । उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्यान चलचित्र विकास बोर्डलाई आग्रह पनि गरेका छन्।

    उनले चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरु चिर्न सरकार लागिपरेको समेत बताएका छन् । चलचित्रसम्बन्धी नीतिगत सुधारका लागि सरकारले कार्यप्रारम्भ गरेको पनि बताएका छन् । 

    उनले भने, ‘देश र समाजको हितअनुसार नेपाली चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यअवधीमा मैले के गर्नुपर्छ मलाई स्पष्ट रुपमा लेखेर ल्याउनुस् म गर्न तयार छु । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारको लागि हामीले हिजोदेखि नै कार्यप्रारम्भ गरेका छौं । नेपाली समाजको रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका भुल्न मिल्दैन ।’

    उनले चलचित्र क्षेत्रलाई थप प्रभावकारी बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा जोड दिएका छन् ।

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १४:१७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij