Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

जंगली हात्तीको आक्रामणबाट ट्रक चालकको निधन

जंगली हात्तीको आक्रामणबाट ट्रक चालकको निधन


  • 694
    Shares

    जंगली हात्तीको  आक्रामणबाट ट्रक चालकको निधन
    images

    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ ।

    आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग क्षेत्र आतंकित बनेको थियो । सोमबार बिहान ८ बजेको समयमा ना४ख १८३० नम्बरको ट्रक चालकमाथि जंगली हात्तीले आक्रमण गरेको छ ।

    ट्रकबाट हाम्फालेर भाग्न खोज्ने क्रममा हात्तीको आक्रमणबाट ट्रक चालक जितपुरसिमरा-१ का करिब ४० वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

    बेलुकादेखि नै हात्तीले आतंक मच्चाएपछि पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले अनुरोध गरेको थियो । तर, केही गाडीका चालकहरूले अटेर गर्दा सोमबार बिहान यस्तो घटना भएको बारा प्रहरीले जनाएको छ ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको पिलुवा र निजगढ क्षेत्र बीचमा जंगली हात्तीले आतंक मच्चाएको हो । राजमार्ग क्षेत्रमा आतंक मच्चाउने हात्ती धपाउनका लागि बारा र चितवनबाट समेत हात्ती सहितको टोली परिचालन गरिएको बारा प्रहरीले जनाएको छ ।

    आतंक मच्चाउने हात्ती धपाउनका लागि टोली परिचालन भएसँगै सोमबार १२:३० बजेपछि राजमार्गमा गाडी गुड्न थालेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १४:०१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij