Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

फागुन २१ मा निर्वाचन सम्पन्न गराउन सरकार कटिवद्ध छः स्वास्थ्यमन्त्री गौतम

फागुन २१ मा निर्वाचन सम्पन्न गराउन सरकार कटिवद्ध छः स्वास्थ्यमन्त्री गौतम


  • 638
    Shares

    फागुन २१ मा निर्वाचन सम्पन्न गराउन सरकार कटिवद्ध छः स्वास्थ्यमन्त्री गौतम
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन कटिवद्ध रहेको बताएकी छिन्। सोमवार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । 

    मन्त्री गौतमले सरकारको मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गर्दै त्यसलाई समयमा सम्पन्न गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लागि पर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन्। नेपाल सरकार शान्ति सुरक्षाको प्रवन्ध गरेर निर्वाचन समयमा होस् भन्नेमा कटिवद्ध रहेको मन्त्री गौतमको भनाई थियो । उनले निर्वाचन समयमा नै सम्पन्न हुन्छ भनेर आम मतादातालाई आश्वस्त पार्ने काममा केन्द्रित हुन पनि सबै पक्षलाई अनुरोध गरेकी छिन् ।

    उनले भनिन्, ‘हामी जेनजी आन्दोलनको क्रममा अव देशमा आमुल परिवर्तन ल्याउनुपर्छ । र, हाम्रो सुशासन र भ्रष्टाचार विरुद्धको एउटा म्यान्डेट लिएर आएको हो । तर हाम्रो मुख्य म्यान्डेट चाहीँ निर्वाचन गर्ने हो । फागुन २१ गते हामीले निर्वाचन गर्नुपर्छ । त्यसका लागि हामीले देशमा सकारात्मक वातावरण बनाउनु पर्छ । नेपाल सरकार शान्ति सुरक्षाको प्रवन्ध गरेर निर्वाचन समयमा होस भन्नेमा कटिवद्ध छ । यहाँ हुनु भएका मन्त्रीज्युहरु र उहाँहरुको दलमार्फत सबै सकारात्मक क्रियाकलापहरुद्धारा जनतालाई आश्वास्त पार्ने काम गरौ । र हामी सबै जना निर्वाचनको तयारी जुटौ भन्ने विशेष म्यासेज म यहाँ राख्न चाहन्छु ।’

    मन्त्री गौतमले वर्तमान सरकारले जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको बताएकी छिन् । उनले आधारभुत अस्पताल, स्वास्थ्य चौकीलगायतका स्वास्थ्य सेवा संस्थाहरुमा निःशुल्क रुपमा उपलब्ध गराइएको औषधिहरुको वितरण कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन पनि स्थानीय सरकारलाई सचेत गराएकी छिन् । मन्त्री गौतमले निःशुल्क रुपमा उपलब्ध गराइएको सो औषधि स्थानीय सरकारले उपलब्ध गराउने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पारेकी छिन् । 

    मन्त्री गौतमले सरकारले स्थानीय सरकारले जनतामा गुनासो नआउने गरी आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि संघीय सरकारले ससर्त अनुदानको व्यवस्था गरेको पनि स्मरण गराएकी छिन् । 

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १३:४५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij