Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

नक्साल भाटभटेनी भत्काउने क्रममा तीन मजदुर पुरिए, दुईजनाको उद्दार गरि अस्पताल लगियो

नक्साल भाटभटेनी भत्काउने क्रममा तीन मजदुर पुरिए, दुईजनाको उद्दार गरि अस्पताल लगियो


  • 946
    Shares

    नक्साल भाटभटेनी भत्काउने क्रममा तीन  मजदुर पुरिए, दुईजनाको उद्दार गरि अस्पताल लगियो

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगलागी भएको नक्सालस्थित भाटभटेनी सुपरस्टोर भत्काउने क्रममा केही मजदुर पुरिएका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार दिउँसो करिब ३ बजेर ४० मिनेटमा मजदुर पुरिएको खबर प्रहरीलाई प्राप्त भएको हो। स्थानीयवासीले एक जनाको उद्धार गरी सकेका थिए भने प्रहरी टोली पुगेपछि थप दुई जनालाई उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

    भत्किएको संरचनाभित्र अझै एक पुरुष फँसेको अनुमान गरिएको छ।“एक जनाको आवाज सुन्न सकिएको छ, स्थानीय र प्रहरीको संयुक्त टोली उद्धार कार्यमा जुटिरहेको छ,” एसपी भट्टराईले जानकारी दिए।

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १६:५१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij