Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

शेयर बजारले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

शेयर बजारले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो


  • 414
    Shares

    शेयर बजारले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३०.०२ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । 

    आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको २७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    23.JPG

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १५:२०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij