Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा


  • 1.1K
    Shares

    मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले राजीनामा घोषणा गरेका हुन्।

    शनिबार बसेको प्रदेशसभा बैठकमा माओवादी केन्द्रका दुई जना प्रदेशसभा सदस्यले तटस्थ बस्ने भनेपछि अल्पमतमा परेका मुख्यमन्त्री सोनलले सदनमै राजीनामा घोषणा गरेका हुन्।

    उनले मन्त्रिपरिषद्को कुनै व्यक्ति सदनमा नभएको भन्दै सभामुखले सदनको कारवाही अगाडि बढाएकोमा आपत्ति जनाए।

    उनले आफू विश्वासको मत लिन अनुरोध गरेको र सभामुखले त्यसका लागि वातावरण पनि मिलाएकोमा सदनमा राजीनामा दिएको घोषणा गरे।

    प्रकाशित मिति :कार्तिक २२ २०८२ शनिवार - १८:०५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij